नेकपा एमालेका नेता तथा इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकालाल चाैधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज चाैधरीलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
उनी एमालेका सुनसरी जिल्लाका पूर्वअध्यक्ष समेत हुन् ।
मेयर हुँदा दिएकाे अभिव्यक्तिले विवादमा तानिएका चाैधरी माओवादीबाट प्रदेशसभा सदस्यकाे उम्मेदवार बन्ने गरी प्रवेश गरेकाे बताइएकाे छ ।

