एमाले-जसपाबीच १४ जिल्लामा तालमेल, अन्यमा मित्रवत् प्रतिस्पर्धा

प्रतिनिधिसभामा जसपालाई १७ सिट

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचनका लागि नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच १४ जिल्लामा तालमेल गर्ने सहमति भएकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार तालमेलकाे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले १७ सिट पाउने छ ।

सहमति अनुसार एमालेले जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा प्रतिनिधिसभातर्फ सघाउने छ ।

तालमेल भएकाे जिल्लाका अन्य क्षेत्रमा जसपाले एमालेलाई सघाउने छ ।

अन्य जिल्लाका हकमा भने मित्रवत रुपमै प्रतिस्पर्धा गरिने छ ।

कांग्रेससहितकाे गठबन्धनले जसपालाई केवल १० मात्रै दिन तयार भएकाे थियाे । जसपाले अधिक बल गर्दा पनि १४ सिट भन्दा बढी नपाउने भएपछि जसपा एमालेसितकाे तालमेलमा पुगेकाे हाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img