गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबाट जनता समाजवादी पार्टी नेपालका कूल ३२ जना सांसद निर्वाचित भएका छन् ।

प्रत्यक्ष र समानुपातिकबाट गरी प्रतिनिधिसभा सदस्यका रुपमा १२ जना र मधेस प्रदेश, लुम्बिनी प्रदेश र १ नम्बर प्रदेशमा गरी २० जना प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

जसपा केन्द्रीय सूचना संचार प्रकाशन तथा प्रचार विभागकाअनुसार प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ अशोककुमार राई (सुनसरी–१), राजकिशोर यादव (सिरहा–२), रामसहायप्रसाद यादव (बारा–२), नवलकिशोर साह (सप्तरी–१), वीरेन्द्र महतो (सिरहा–४), दीपक कार्की (धनुषा–१) र प्रदीप यादव (पर्सा–१) निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव थापा, रञ्जुकुमारी झा र सहनाज रहमान छन् ।

मधेस प्रदेशमा मुख्यमन्त्री मो. लालबाबु राउतसहित ९ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट ७ जना निर्वाचित भएका छन् ।

यता लुम्बिनीमा प्रत्यक्षबाट २ र समानुपातिकबाट १ जना छन् भने प्रदेश १ मा केवल समानुपातिकबाट एकजना निर्वाचित भएका छन् ।