काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार संसदीय दलको नेता चयन गर्ने भएको छ ।
दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरी अघि बढेको जसपाले प्रक्रिया पुरा गरेरै दलको नेता छान्न लागेको हो ।
निर्वाचन समितिले बुधबार विहान ११ बजेदेखि ३ बजेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । जसमा उम्मेदवारहरुको मनोनयन दर्तादेखि मतदानसम्मका कार्यक्रम छन् ।
तर दलको नेता चयनका लागि मतदान हुने अवस्थामा नपुग्ने एक नेताले बताए । ‘कानुनी प्रक्रिया पुरा गरेर दलको नेता चयन गर्न यो सब गरिएको हो,’ ती नेताले भने ।
जसपाको प्रतिनिधिसभामा जम्मा १२ जना सांसद छन् ।
सुनसरी–१ बाट प्रत्यक्ष निर्वाचित पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई नै दलको नेता बन्ने सम्भावना छ ।