पहिचानकाे पक्षमा बाेल्न बाध्य भए कांग्रेस सभापतिहरु

पहिचान आन्दोलनको प्रभाव

खोटाङ । कोशी प्रदेशका १४ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गरी प्रदेश नामकरणमा पुनर्विचार गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

उनीहरुले ‘नेपाली कांग्रेस नै नेपालको सबैभन्दा समावेशी र संघीयताको मर्म आत्मसात् गर्न सक्ने पार्टी’ रहेको जिकिर गर्दै प्रदेश नामकरणमा नेतृत्वबाट भएको कमजोरी सच्याउन आग्रह गरेका हुन् ।

‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नेपाली कांग्रेस लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र पहिचान र विविधता तथा बहुलताको रक्षक हो, अगुवा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने साहस गर्न सक्छ । यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौँ ।’

उनीहरुले कोशी प्रदेशविरुद्ध भइरहेको आन्दोलनमा सरकारले दमन गरिरहेकोप्रति पनि भत्र्सना गरेका छन् भने प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले सोको विरोध गरिरहेको पनि उल्लेख गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img