दैलेखको भैरवी गाउँपालिकामा रहेका लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दैलेखको भैरवी गाउँपालिका वडा नं २ रावतकोटमा रहेका राउटे समुदायलाई सोही गाउँमा पुगेर खाद्यान्न, दाल, चामल, पाल, कपडा तथा कम्मल लगायत सामग्री वितरण गरेकाे हाे ।
प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको उपस्थितिमा भएको राहत वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, स्थानीय निर्वाचित जनप्रतिनिधिहरु, कर्णाली प्रदेशका मुख्यसचिव खगेन्द्र पुन, जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्साल, भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतकाे उपस्थिति रहेको थियो ।
राहत वितरण कार्यक्रमलाई सहजीकरण गर्दै डम्मर गरङ्जा मगरले लाेपोउन्मुख राउटे समुदाय संकटबाट गुज्रिरहेको जानकारी प्राप्त भएपछि उनीहरुको दैनिक जीवनयापनमा सहज होस् भन्नका लागि राहत वितरण गरिएको जनाए ।