साम्प्रदायिक हिंसा मच्चाउन खोज्ने श्रीनिवास आचार्य भनिने दिनेश पण्डित रिहा भएका छन् ।
गल्ती स्वीकार गरेपछि उनी रिहा भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेकाे हाे ।
गत असोज १२ गते उनले जनकपुरधाममा नांगाे खुकुरी देखाउँदै गौहत्या गर्नेहरुलाई त्यसरी नै काट्न आव्हान गरेका थिए ।
मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूर अभियोग गर्दा भएपछि जनकपुरधाम ल्याइएको थियो ।