ताम्सालिङ संघर्षका लागि आशा तामाङकाे नेतृत्वमा महिला विभाग

ताम्सालिङ संयुक्त संघर्ष समितिअन्तर्गत महिला विभाग गठन गरिएको छ । आशा तामाङको संयोजकत्वमा ५१ सदस्यीय महिला विभाग गठन गरिएको हो ।

विभागको सहसंयोजकमा शान्ता तामाङ र सदस्य सचिवमा विपना तामाङ छन् ।

नेपाल तामाङ घेदुङको सभाहलमा केही दिनअघि विभाग गठन गरिएको हो ।

ताम्सालिङ संयुक्त संघर्ष समितिका सदस्य सचिव मोहन गोले तामाङले विभाग गठनका लागि सहजीकरण गरेका थिए ।

कार्यक्रममा घेदुङका सहअध्यक्ष कुमार सिंह घिसिङ, अभियान्ता आशा तामाङ, संगीता तामाङ, देशमाया योन्जन, शान्ता तामाङ, सरोज मोहन लामा लगायतले आ-आफ्नाे धारणा राखेका थिए ।

कार्यक्रममा समितिका सचिवालय सदस्य बाबुराम लोप्चन, घटक संगठनका देपराज लामा, बुद्धराज स्याङ्तान, युवा विभागका संयोजक ज्ञानु लामा लगायतको उपस्थिति थियो ।

यसअघि नै युवा विभाग, संस्कृति साहित्य विभाग, सञ्चार विभाग गठन गरिएकाे थियाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img