जनता समाजवादी पार्टी [जसपा] नेपाल निकट दलित मुक्ति संगठनको केन्द्रीय समिति पुनर्गठन गरिएकाे छ ।
शनिबार [६ जनवरी] जनकपुरमा आयोजित भेलाले चमेलीदेवी दासको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी समिति र ९९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेकाे हाे ।
समितिको उपाध्यक्षहरुमा चन्देश्वर सदा, रमेश सिके नेपाली, सुनिता देवी मोची, सावित्रा बिश्वकर्मा, भीम विश्वकर्मा र नरभान पार्की छन् ।
भेलाले संगठनको मुख्यसचिवमा प्रदीप घताललाई र सचिवमा बालकुमार मुदेल, देवनाथ पासवान, राजेशकुमार दास, रामप्रित महरा, किरण देवी दास र कोषाध्यक्षमा कृष्णकुमारी तामाङ दासलाई चयन गरेकाे छ ।