काठमाडाैंकाे थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’काे समय १० दिन थप गरिएकाे छ ।

दर्शकको बढ्दो मागलाई मध्यनजर गर्दै १० दिनका लागि नाटक मञ्चनकाे समय थपिएको हाे ।

माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन १२ गतेसम्म सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।

लक्ष्मी रुम्बा र राजु स्याङ्तान राबतको लेखन रहेको यस नाटकमा तामाङ समुदायमाथि राज्यले बिगतमा गरेका विभेद र तामाङ समुदायले भोगेका दुःखका विषय समेटिएको छ ।

बुद्धि तामाङ र सोनाम लामाको निर्देशनमा तयार भएको यस नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रूपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय छ ।