माझ किरातका चित्रकला काठमाडौंमा (तस्बीरसहित)

कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उदेश्यसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ गरिरहेको छ ।

गत फागुन ५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिएको चित्रकला प्रदर्शनी यही फागुन १७ गतेसम्म चल्ने छ ।

नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफू ब्राम्हण समुदायमा जन्मेको भए पनि माझ किरातमै जन्मिएकोले माझ किरातकाे कला र संस्कृतिको प्रचार गरिरहेको प्रतिक्रिता दिएका थिए ।

हाल उनकै अग्रसरतामा काठमाडौंमा किरातलगायत विभिन्न धर्म संस्कृति झल्कने किसिमका २०० भन्दा बढी चित्रकला प्रदर्शन गरिएको हो ।

गत असोज १७ देखि २१ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढीकाे दिक्तेलमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लाथभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत देशका चित्रकारसहित ५० देशका ख्यातिप्राप्त चित्रकारहरुले क्यानभासमा २०० भन्दा बढी चित्र कोरेका थिए ।

हाल तिनै चित्रहरुलाई काठमाडौंमा प्रदर्शन गरिएको हो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img