किरात राई यायोक्खाले उदयपुरकाे गाईघाटमा मंगलबार साँझ दीप प्रज्वलन गरी किरात येले संवत् ५०८५ मनाइरहेकाे बेला प्रहरीले हस्तक्षेप गरेको भन्दै उक्त कार्यमा संलग्न प्रहरीहरूमाथि कारबाहीकाे माग गरेका छन् ।
यायोक्खाका केन्द्रीय सदस्य मानभगत चाम्लिङ, रामचन्द्र राई, प्रदेश सचिव राम मान्डुपा राई, उदयपुर जिल्ला अध्यक्ष गंगा राई, सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राईलगायतले बुधबार उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई भेटेर ध्यानाकर्षण-पत्र बुझाउँदै उक्त घटनामा संलग्न प्रहरीहरूमाथि कारबाही गर्न माग गरेका हुन् ।
‘किरात प्रदेश, येले दोङ ५०८५’ लेखिएकाे मैनबत्ती बालेर किरात येले संवत् मनाउने सिलसिलामा प्रहरीले हस्तक्षेपकाे प्रयास गरेको थियो ।
यायोक्खाकाका प्रतिनिधिहरूले त्यसलाई हस्तक्षेप नै गरिएको ठहर गर्दै उक्त कार्यमा संलग्न प्रहरीहरूमाथि तत्काल कारबाही गर्न माग गरेका हुन् ।
खै त उदयपुर का केन्द्रीय पदाधिकारीहरु ?