नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।

तनहुँको देवघाटधाममा जारी देवघाट महामहोत्सवमा मङ्गलबार सम्बाेधन गर्दै अध्यक्ष लिङ्देनले सनातन धर्ममाथि अतिक्रमण बढेकाले हिन्दु राष्ट्र कामय गरिनुपर्ने बताए ।

देशका ८० प्रतिशत जनता हिन्दु राष्ट्रको पक्षमा रहेको हुँदा नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले दबाब दिँदै आएको उनकाे भनाइ थियाे ।

उनले राजनीति र धर्म अलग अलग विषय नभएको तर्क पनि गरे ।

उनले भने, “राजनीति र धर्मलाई अलग अलग बनाएकाले देशमाथि बाह्य हस्तक्षेप बढ्दै गएको छ । राजनीति र धर्मलाई सँगै लिएर जानु पर्छ ।”

अध्यक्ष लिङ्देनले धर्मसहितको राजनीतिले मात्र देशको भलो हुने दाबी गरे ।

उनले अहिले पाथीभरामा देखिएको व्यापारिक हस्तक्षेप धर्ममाथिको अतिक्रमण भएको टिप्पणी गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्