संवैधानिकवादकाे लक्ष्मण रेखा नकाटियोस्ः अजम्बर काङमाङ

संघर्ष गर्न तयार अवस्थामा रहौं

संवैधानिकवादको लक्ष्मण रेखा नकाटियोस्। ‘जेन जी सेप्टेम्बर आन्दोलन’मा सहादत प्राप्त व्यक्तिहरूप्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दै घाइतेहरूको नि:शुल्क र गुणस्तरीय उपचार तथा बेपत्ताहरूको यथाशीघ्र खोजी र सार्वजनिकरण गरियोस् भन्ने माग गर्दछु।

जेरोन्टोक्रेसीको मतावलम्वी र अभ्यासकर्ताको जैविक जिद्दी र राजहठ अनि सत्ता साझेदार दलको अकर्मन्यताले निम्त्याएको अमूल्य जन, धन, गर्विलो भौतिक संरचना, व्यापरिक भवनहरू र निजी घरहरूको अनाहक र अपुरणीय क्षतिप्रति चरम दु:ख र असीमित क्षोभ प्रकट गर्दछु।

संसारभरि गर्वयोग्य ऐतिहासिक भौतिक संरचना, आर्थिक मेरुदण्डको रूपमा उभिएका व्यापरिक भवनहरू र निजी घरहरूको निमेषभरको अग्निदाहले नेपाल ‘Century lost’ को दीर्घ मदौरो भई फस्यो भन्ने अनिच्छापूर्वक तर विवश भविष्यवाणी गर्दछु।

यस्तो संगीन घडीमाः

(१) नेकपा (माओवादी केन्द्र) को पदाधिकारी स्तरीय बैठक अविलम्ब बसी दलगत र संस्थागत दृष्टिकोण सार्वजनिक गरिनुपर्दछ भन्ने सम्बन्धित निकायमा विनम्र अनुरोध गर्दछु।

(२) परिवर्तित राजनीतिक अवस्थाको सामयिक सम्बोधन नेपालको संविधान २०७२ को सीमाभित्रै रहेर गरिनुपर्दछ। संवैधानिकवादको लक्ष्मण रेखा कसै गरी काटिनु हुन्न भन्ने ढृढ मत जाहेर गर्दछु।

(३) लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त नेपालको संविधान २०७२ ले सुनिश्चित गरेका ऐतिहासिक तथा राजनीतिक उपलब्धीहरूका अक्षरशः रक्षार्थ र संवर्ध्दनार्थ जेन एक्स, जेन वाई, जेन जेट र जेन अल्फा समेतले जेन जीभन्दा थप आँधीमय भई आवश्यकता परे संघर्ष गर्न तयार अवस्थामा रहौं भन्ने जोडदार आह्वानसमेत गर्दछु।

(माओवादी केन्द्रका नेता काङमाङकाे फेसबुकबाट।)

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img