जेन–जी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन जनाको नाम टुंगो लगाएर राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेकी छन्।
उनले गृहमन्त्रीका लागि ओमप्रकाश अर्याल, अर्थमन्त्रीका लागि रामेश्वर खनाल र उर्जामन्त्रीका लागि कुलमान घिसिङलाई सिफारिस गरेकी हुन्।
उनीहरूको सपथग्रहण सोमबार हुने भएको छ।
सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री हुन्।
उनले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पदभार ग्रहण गरेकी थिइन्। त्यसपछि उनले जेन–जी अभियान्तासहित सरोकारवालासँग मन्त्रीपरिषद् विस्तारका लागि परामर्श गरेकी थिइन्।



