बाग्लुङ। जनता समाजवादी पार्टीबाट बाग्लुङ निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार रहेका पूर्णबहादुर घर्तीमगरले निर्वाचन आचारसंहिता बमोजिम तोकिएको समयभित्रै आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
उनले आज जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेस गरेपछि सो विवरण सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
घर्तीमगरले निर्वाचनका क्रममा कुल ३ लाख २५ हजार ७३५ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
बाग्लुङ–२ मा उनले जाँतो चुनाव चिन्हमा जम्मा ३१५ मत प्राप्त गरेका थिए। सोही क्षेत्रबाट १२ हजार ६४७ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा विजयी भएका छन्।
