हिन्दू भनेको हिन्दुस्तान हो। हिन्दुस्तान भनेको भारत हो। त्यसैले हिन्दू राष्ट्र पनि भारत नै हो।
हिन्दूहरूको चार धाम—बद्रीनाथ, द्वारका, पुरी र रामेश्वरम्—भारतमै छन्। चार शङ्कराचार्य पीठ भारतमा छन्, १२ ज्योतिर्लिङ्ग पनि भारतमै छन्।
त्यसैगरी हिन्दूहरूको पवित्र स्थल अयोध्या, मथुरा, हरिद्वार, काशी, उज्जैन र वृन्दावन सबै भारतमै छन्। उपनिषद्, भगवद्गीता, रामायण, महाभारत र पुराणमा पनि भारतकै कथा लेखिएका छन्।
त्यसकारण असली हिन्दू राष्ट्र भनेको हिन्दुस्तानी सभ्यता बोकेको भारत हो।
नेपालमा हिन्दुस्तानी सभ्यताको कुनै प्रमाण छैन। भूगोल, भाषा, संस्कृति र परम्परामा हिन्दुस्तानी लय पनि भेटिँदैन।
भारतीय टेलिसिरियल हेरेर हातमा मेहेन्दी लगाउनु एउटा कुरा हो, बिहेको दिनमा शरीरभरि बेसार दलेर काटेको खसीजस्तो देखिनु अर्को कुरा हो। मुखमा दही लगाएर श्रीकृष्णजस्तो बनेको नाटक गर्नु अर्को कुरा हो।
तर नेपाल भनेको मूलतः हिमालयन देश हो। त्यो बाहेक अरू केही होइन। सुन्दर हिमालयन देशलाई धार्मिक क्रीडास्थल बनाएर विश्वको नजरमा गिराउने काम गर्नु हुँदैन।
साभारः मगरकाे फेसबुकबाट