दसैं तिहार आयो अरे आउन पाइनँ मेरी आमा
रातो टीका जमरा नि लाउन पाइनँ मेरी आमा,

साथीभाइ गाउँघरमा देउसी खेल्दै डुले होलान्
सँगसँगै देउसी भैलो गाउन पाइनँ मेरी आमा,

खरको छानो फेर्छु भन्दै परदेशतिर लागेपछि
चाडबाडमा सँगै बसी रमाउन पाइनँ मेरी आमा,

साइतकाे बेला फाेन गर्छु दिनुहाेला आशीर्वाद
माफ गर्नुहाेला सहभागिता जनाउन पाइनँ मेरी आमा ।।

-सरस्वती गुरुङ
उदयपुर, कटारी
हाल : युरोप