किसन राईको निधनले जनजाति आन्दोलनमा अतुलनीय क्षति : महासंघ

नेपाल आदिवासी जनजाति महासंघले आदिवासी आन्दोलनका अभियान्ता तथा पत्रकार किसन राईको निधनले आदिवासी जनजाति आन्दोलनलाई अतुलनीय क्षति पुगेको जनाएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले २५ अक्टोबरमा एक शोक वक्तव्य जारी गरी राईको निधनले आदिवासी जनजाति आन्दोलनका साथै सिङ्गो देशलाई नै अतुलनीय क्षति पुगेको जनाएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष तथा एभरेस्ट मिडिया प्रालिका अध्यक्ष रहेका राईको ५२ वर्षको उमेरमा २५ अक्टोबरमा खोटाङदेखि भोजपुर हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोर्पास्थित पङ्खुखोला भीरमा लडेर मृत्यु भएको थियो ।

गाडी रोकेर शौच गर्न जंगल पस्दा लडेर उनको मृत्यु भएको बताइएको छ ।

ओखलढुङ्गा पुख्यौली घर भएका उनी धरान–१५ निवासी हुन् । दिवंगत राई नेपाल पत्रकार महासंघ हङकङको अध्यक्ष, एनआरएनए हङकङका उपाध्यक्ष, किरात राई यायोक्खा हङकङका पूर्वअध्यक्ष, हङकङ–धरान मञ्चका पूर्वअध्यक्ष पनि थिए ।

उनी जनता समाजवादी पार्टी निकट राजनीतिमा पनि सामेल थिए ।

पहिचान र समानताको आन्दोलनका अभियान्ता रहेका उनले हङकङबाट एभरेस्टखबर डटकम नामक अनलाइन मिडिया सञ्चालन गर्दै आएका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img