नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।
शुक्रबार वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौती रहेकाे बताए ।
उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौती छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने दाैढधुपमा लागेका बेला सत्तारुढ दलका नेता रहेका नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताएका छन् ।