प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ ।

माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार संसद सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरुले जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

उक्त प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाअभियोग लगाउनुका आधार र कारणका रुपमा २१ वटा बुँदा समावेश गरिएको छ ।