जनता समाजवादी पार्टीकाे साेलुदुधकुण्ड नगरपालिका वडा नं ४ मा वडा समिति गठन गरिएकाे छ ।

बुधबार लाक्पा छिरिङ बिककाे अध्यक्षतामा आयाेजित भेलाले वीरबहादुर तामाङकाे अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेकाे हाे ।

बिक केही समयअघि नेपाली कांग्रेस परित्याग गरी जसपामा प्रवेश गरेका थिए । तामाङ भने हालै माओवादी केन्द्र परित्याग गरी जसपामा प्रवेश गरेका युवा नेता हुन् ।

समितिकाे उपाध्यक्षमा सुम्जाे लामा र नुरु शेर्पा, सचिवमा दिलकुमार विश्वकर्मा, सहसचिवमा पेमा तामाङ र माया विश्वकर्मा र काेषाध्यक्षमा कमला विश्वकर्मा चयन भएकी छन् ।

भेलामा जसपा केन्द्रीय सदस्यद्वय जुद्ध ढाक्रे र लाक्पा शेर्पा उपस्थित थिए ।