आदिवासी जनजाति चलचित्र महासंघ बाग्मती प्रदेश समिति गठन

आदिवासी जनजाति चलचित्र महासंघकाे बाग्मती प्रदेश समिति गठन गरिएकाे छ ।

हिजाे काठमाडाैंकाे चावहिलस्थित चलचित्र विकास बाेर्डमा आयाेजित कार्यक्रममा दिपक तामाङकाे अध्यक्षतामा नाै सदस्यीय समिति गठन गरिएकाे हाे ।

जसमा उपाध्यक्षमा लक्ष्मी योङहाङ, अभिशेख माझी, महासचिवमा भुवनसिंह राई, सचिवमा किशाेर चाैधरी, शरण थामी, काेषाध्यक्षमा सुरेश राजवंशी र सहकाेषाध्यक्षमा भावना भुजेल छन् ।

आदिवासी जनजाति चलचित्र महासंघकाे अध्यक्ष अमृतबहादुर सुनुवारकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका कार्यक्रम संयोजक बिकुबहादुर तामाङ, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, चलचित्र बिकास बोर्ड सदस्य सचिव टंकबहादुर महत, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा लगायत सहभागी थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img