नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भुपेन्द्र थापा मगरले पाएका छन् ।

मगर अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन् । उनले ३० लाख रुपैँया र ट्रफी पाए ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन् ।

उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन् । उनले ३ लाख रुपैँया र ट्रफी पाए ।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए ।