राईहरुले छोड्न थाले हिन्दुसंस्कार, न गाई पुज्छन् न गौत चलाउँछन् [भिडियो]

गौतको सट्टा एवा

पितृ तथा प्रकृतिपुजक किरात राईहरुले हाल गाईको गौत प्रयोग गर्न छाडेका छन् ।

प्रदेश १ स्थित साकेला गाउँपालिकाका राईहरुले घरायसी संस्कारमा शुद्ध हुँदा वा चोखिँदा गाईको गौत चलाउन छाडेका हुन् ।

उनीहरुले गौतको सट्टा जमिनबाट पानी उब्जिने ठाउँमा निस्कने पहेलो वस्तु (स्थानीयका अनुसार नाकिमाको दिसा) प्रयोग गर्न थालेका छन् ।

जसलाई उनीहरु ‘एवा’ भन्ने गरेका छन् ।

परिवारको सदस्यको निधन भएका बेला वा नयाँ सदस्य जन्मेका बेला चोखिँदाखेरि राईहरुले गौतको सट्टा एवा चलाउन थालेका हुन् ।

देश हिन्दु राज्य हुँदा हिन्दु धर्म र संस्कृतिको अतिक्रमण वा प्रभावले किरात राईहरुले पनि हिन्दुहरुले जस्तै गौतलाई पवित्र वस्तुको रुपमा प्रयोग गर्दथे ।

तर, देश धर्मनिरपेक्ष राज्य घोषणा हुनुका साथै उत्पीडित उपेक्षित जाति तथा समुदायमा आएको मौलिकता र पहिचानको चेतनाले किरात धर्मावलम्बी राईहरुले हिन्दुजन्य संस्कारहरु छोड्न थालेका हुन् ।

बरु उनीहरुले हाल आफ्नाे मौलिक संस्कार र पहिचानको खोजी गर्न थालेका छन् ।

साकेला गाउँपालिका–५ कात्तिकेका राईहरुले हिजोआज तिहारमा गाईको पुजा गर्न पनि छाडेका छन् ।

उनीहरुले भैंसी किनेर ल्याएर गाउँमा काटीखाएजस्तै गोरु पनि ल्याएर खाने चलन बढेपछि तिहरमा गाई–गोरु पुज्न छाडेका हुन् ।

भिडियोः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. आफ्नै मौलिकता लाई नै प्राथमिकता मा राख्नु पर्छ भन्ने मेरो बिचार हो।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्