नयाँ पार्टी निर्माणको अभ्यासमा जुट्दै गोपाल किराती

काठमाडौं । पूर्वमाओवादी नेता गोपाल किराती नयाँ राजनीतिक शक्ति निर्माणको अभ्यासमा जुटेका छन् ।

उनले भर्खरै माझकिरात भोजपुरको आमचोकमा किरात गणराज्य मोर्चा राष्ट्रिय भेला आयोजक समितिको बैठक सम्पन्न गरे ।

आइतबार सम्पन्न बैठकमा उनले ‘देशभक्त समाजवादी लोकतन्त्र एक आधार, किरात गणराज्य सरकार’ शीर्षकमो राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदन आगामी राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गर्ने गरी अघि बडाउने निर्णय भएको छ ।

राष्ट्रिय कार्यकर्ता भेला आगामी माघ १, २०८० मा यलम्बर दिवसको अवसरमा गरिने छ ।

सोअघि भेलाको तयारी र आन्दोलनका निमित्त खोटाङको दिक्तेलमा आयोजक समितिको बैठक बस्ने बताइएको छ ।

बैठकले नयाँ राजनीतिक शक्ति निर्माणका लागि ठोस पहल बढाउने जिम्मा किरातीलाई दिएको छ ।

किरातीले प्रदेश नं १ पुनः नामकरण संघर्ष समितिको कार्यक्रममा पनि डटेर लाग्ने बताएका छन् ।

नेकपा माओवादीबाट निर्वाचित भोजपुरस्थित आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले गाउँपालिकाबाट कोशी प्रदेश नलेख्ने औपचारिक निर्णय गरेका थिए ।

किरातीले सो मामलामा अध्यक्ष राईको निर्णयप्रति आभार प्रकट गर्दै सोही ठाउँमा बैठक राखेका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्