तावाभञ्याङको वाबु पोखरी जनश्रमबाट मर्मत

खोटाङ । साकेला गाउँपालिका वडा नं ३ तावाभञ्याङमा रहेको वाबु पोखरीको मर्मत तथा सरसफाइ गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, वडाअध्यक्ष गोविन्द तामाङलगायत जनप्रतिनिधि तथा स्थानीय समुदायले जनश्रमदान गरी वाबु पोखरीको सरसफाइ गरिएको हो ।

वाबु पोखरी मुन्धुम ट्रेलसँगै रहेको छ । मुन्धुम ट्रेलमा हिँड्ने पर्यटकहरुले किराती संस्कृति झल्किने वाबु पोखरी देख्ने गर्छन् ।

हाल बर्खायामकाे पानी र बाढी पोखरीमा पस्दा पोखरीको केही भाग पुरिनुका साथै माथिल्लो भाग बिग्रिएको थियो ।

वाबु पोखरी । तस्बिरः रविप्रकाश राई सचिवालय

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्