काठमाडौं उपत्यकामा बसोबास गर्ने चाम्लिङ राईहरुले शनिबार कोटेश्वरस्थित किरात राई यायोक्खामा भेला भएर सामूहिक रुपमा छौवा गरेका छन् ।
किरात राई चाम्लिङ खाम्बातिमको आयोजनामा छौवा गरिएको हो ।
चाम्लिङ राईहरुले हरेक साल भदौमा छौवा गर्ने गरेका छन् । यसलाई उधौली याम सुरु भएको रुपमा पनि लिइन्छ ।
छौवामा नयाँ अन्न (धान–घैया, कोदो लगायत)को परिकार बनाएर पहिले पितृलाई चढाइन्छ ।
किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईका अनुसार यसपटक गोरुको सुकुटीदेखि भालेकाे मासु र जंगलमा पाइने अरिङ्गालसम्म व्यवस्था गरी छाैवा पुजा गरिएकाे हाे ।
गोरुको मासु (प्युपा सा) किरातीहरुले परम्परादेखि खाँदै आएको हाे ।
राणा शासनदेखि पञ्चायतकालसम्म आइपुग्दा किरातीहरुले सरकारलाई गाेरु काटे बापत मेक्चन कर तिर्नुपर्ने नियम रहेकाे बुढापाकाहरु सम्झन्छन् ।
किरातीहरुले पितृको पुजा गर्दा जाँड-रक्सीका साथै गोरुको मासु, भालेकाे मासु, जंगलकाे अरिङ्गाल र खोलाकाे माछा र पाहा पनि चलाउने गर्छन् ।
उनीहरुले वैशाख महिनामा उभाैली सुरु भएकाे रुपमा ह्विलुङ पुजा गर्छन् र साकेला सिली नाच्दै उभाैली मनाउँछन् ।
किराँती हरु को एईतिहासिक परमरा लाई बिधिबत सावासर्दाम जिटाई पुर्ण ताजगी दिदै भबिश्य मा निरन्तर रहने निस्संदेह चामिलिङ्ग छौवा को यो झलक देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो ।
यायोक्खा भित्र पाटिका झोले हरू छैन्न भने अब १ पटक गोरू को सिकूटी हैन ताजा मासू कूखूरा जसरीचढाउन पर्छ। यहा गल्ती हाम्रो पनि छ हामी ले हाम्रो हामरो पूजा आजा लाई कूनामा पूरायौ(आपबात साकेला) त्यसैले ति नियम कानून लेखिने ठाउ सम्म हाम्रो संकार नपूगोको हून सक्छ. ःकूनै पनिजात जातिको धर्म,संस्कृती,रितीरिवाज,परम्परा,संरक्षण र संमवर्धन सम्बन्धित केहि नियम कानून छ जस्तो लागछ! यस्तै कानूनी छिद्राहरू वाट छिरेर प्रहार गरै नत्रपारा लागने वाला देखीन्न
हाम्रो किराँत सस्कार,सस्कृती,र सभ्यता लाई बढवा दिदै आगामी भाबी पुस्तालाई पनि सिकाऔ, प्रकृति पुजा र मुन्धुम को अर्थ बुझ्न जरुरी ठानौ।जय किराँत।
चाम्लिङ्ग र याक्थुङ् एकै परिवारका हुन्। धेरै भाषिक समानताहरु पाइन्छन्।
छौवा, यक्वा
प्युपा सा, पिःत् सा
सुप्तुलुङ्, सुम्हात्लुङ्
लिम्बुवान र खम्बुवानमा भएका स्थानहरू पनि कतिपय समान छन्
बोक्खिम्
याङपाङ
आङतेप्, लिङ्तेप्