खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकामा सयन्द्र राईको संयोजकत्वमा १११ सदस्यीय पहिचानको लागि युवा गठन गरिएको छ ।
राजेश राई र विजय राईलाई सहसंयोजक बनाइएको छ भने २१ सदस्यीय सचिवालय गठन गरिएको छ ।
किरात राई यायोक्खाका उपाध्यक्ष राकेश राई, जनता समाजवादी पार्टी किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, यायोक्खा महासचिव तथा पहिचानका लागि युवाका केन्द्रीय संयोजक भीम राई, पहिचानका लागि युवाका सदस्य सचिव शाहस राई, युवा संयोजक निर्मल राई लगायत नेताहरुको उपस्थितिमा उक्त समिति गठन गरिएको हो ।
सो क्रममा उनीहरुले हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयमा लेखिएको कोशी शब्द मेटाएका थिए ।
[सयन्द्र राई हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । स.]
सामाजिक न्याय( social justice) गणतन्त्रको एउटा महत्त्वपूर्ण र सुन्दर पक्ष हो। त्यसैको लागि पुर्बमा जनता जागेका छन। राम प्रशाद राई नारदमणी थुलुङ, रिदामा हरुले रोपेको बीउ हो !