करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका करिब दुई लाख ४५ हजार यहुदी अहिले पनि ९० भन्दा बढी मुलुकमा बसिरहेको खुलासा भएको छ ।
न्युयोर्कमा रहेको कन्फरेन्स अन ज्युज मेटरियल क्लेम्स अगेन्स्ट जर्मनी (क्लेम्स कन्फरेन्स)का अनुसार तीमध्ये करिब आधा (४९ प्रतिशत) इजराइलमा बसेका छन् ।
पश्चिम युरोपमा १८ प्रतिशत, अमेरिकामा १६ प्रतिशत र १२ प्रतिशत पूर्वसोभियत संघ मुलुकहरूमा छन् ।
जनसाङ्ख्यिकीय प्रतिवेदनको प्रकाशनअघि यहुदी नरसंहारबाट बचेकाहरु अझै कति जीवित छन् भन्ने अस्पष्ट अनुमान मात्र थिए ।
अधिकांश धेरै बूढा र प्रायः कमजोर स्वास्थ्य अवस्था भएका औसत ८६ वर्ष उमेरका उनीहरूको सङ्ख्या तीव्र रूपमा घटिरहेको छ ।
बाँचेका मानिसहरूमा २० प्रतिशत ९० वर्षभन्दा माथिका छन् र पुरुषहरू (३९ प्रतिशत) को तुलनामा धेरै महिला (६१ प्रतिशत) अझै जीवित छन् ।
अधिकांश अर्थात ९६ प्रतिशत जीवित मानिसहरू बच्चाका रूपमा बाँचेका ‘होलोकास्ट सर्भाइभर्स वर्ल्डवाइडस् अ डेमोग्राफिक ओभरभ्यू’ प्रतिवेदनमा उल्लेख छ ।
उनीहरूको जन्म सन् १९२८ पछि भएको थियो । उक्त प्रतिवेदन अगस्टमा सङ्कलन गरिएको आँकडामा आधारित हो ।
‘यो प्रतिवेदनमा भएका सङ्ख्याहरू चाखलाग्दा छन् । तर तिनीहरूले प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई हेर्न सङ्ख्या हेर्न पनि महत्त्वपूर्ण छ’, क्लेम्स कन्फरेन्सका कार्यकारी उपाध्यक्ष ग्रेग स्नाइडरले भने, ‘यी त्यस्ता यहुदीहरू हुन् जो यसै संसारमा जन्मेका थिए जसले उनीहरूको हत्या भएको हेर्न चाहन्थे । तिनीहरूले युवाअवस्थामा यहुदी नरसंहारको अत्याचार सहे र आफ्नो परिवार तथा समुदायलाई समाप्त गर्ने शिविर र बस्तीहरूको खरानीबाट सम्पूर्ण जीवन पुनः सुरु गर्न बाध्य भए ।’
यहुदी नरसंहारका क्रममा नाजी तथा तिनका सहयोगीहरूले ६० लाख युरोपेली यहुदी र अन्य अल्पसङ्ख्यकको हत्या गरेका थिए ।
नाजीले कब्जा गरेको युरोपमा कति यहुदी मृत्यु शिविर, यहुदी बस्ती वा अन्य लुकेर बसेका थिए भन्ने स्पष्ट छैन । तर उनीहरूको सङ्ख्या युरोपमा युद्धपूर्वको यहुदी जनसङ्ख्याभन्दा अत्यन्त कम थियो ।
पोल्याण्डमा सन् १९३९ मा त्यहाँ रहने ३३ लाख यहुदीमध्ये तीन लाख मात्र बाँचेका थिए ।
एडोल्फ हिटलर सत्तामा आएको वर्ष सन् १९३३ मा जर्मनीमा करिब पाँच लाख ६० हजार यहुदी बस्दै आएका थिए । सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यमा आप्रवासन तथा विनाशका कारण उनीहरूको सङ्ख्या करिब १५ हजारमा घटेको थियो ।
पूर्वसोभियत सङ्घका मुलुकबाट दुई लाख १५ हजारभन्दा धेरै यहुदी आप्रवासी तथा उनीहरूका परिवार जर्मनी आएसँगै सन् १९९० पछि जर्मनीमा यहुदी समुदाय फेरि बढ्यो । ती मुलुकबाट आएकामध्ये नरसंहारमा जीवित केही मात्र थिए ।
जनसाङ्ख्यिकीय प्रतिवेदन अनुसार हाल जर्मनीमा १४ हजार मात्र नरसंहारबाट बाँचेका यहुदी बस्छन् ।
तीमध्ये एक रुथ विन्केलम्यान हुन् । उनी बर्लिनको उत्तरी बाहिरी भागमा एउटा बगैँचाको शेडमा आफ्नी आमा र बहिनीसँग लुकेर बाँचेकी थिइन् ।
उनका बुबा असविट्जको मृत्यु शिविरमा हत्या गरिएको थियो । उनकी कान्छी बहिनी एस्तरको सोभियत लाल सेनाद्वारा बर्लिन स्वतन्त्र हुनुभन्दा केही साता पहिला सन् १९४५ मा भोक र थकानका कारण मृत्यु भएको थियो ।
अहिले पनि बर्लिनमा बस्दै आएकी ९५ वर्षीया विन्केलम्यानले बुबालाई नसम्झेको त्यस्तो कुनै दिन नभएको बताइन् । ‘यसले सधैँ पीडा दिन्छ, पीडा दिनरात हुन्छ’, उनले भनिन् ।
क्लेम्स कन्फरेन्सले ‘जर्मन सरकारसँग क्षतिपूर्ति कार्यक्रमहरूका लागि योग्यता मूल्याङ्कन गर्ने सम्झौताका आधारमा’ प्रतिवेदनले यहुदी नरसंहारबाट बचेकाहरूलाई परिभाषित गरेको बताएको छ ।
जर्मनीका लागि उक्त परिभाषामा सन् १९३३ जनवरी ३० देखि सन् १९४५ मेसम्म मुलुकमा बसोबास गर्ने यहुदी समावेश गर्छ ।
सन् १९३३ जनवरी ३० मा हिटलर सत्तामा आएका थिए र सन् १९४५ मेमा दोस्रो विश्वयुद्धमा जर्मनीले बिनाशर्त आत्मसमर्पण गरेको थियो ।
इजराईलीहरुले देशका कुनै पनि सार्वजनिक सवारीसाधनमा मुस्लिम विद्रोहीहरू नचढून् भनेर ढोका, झ्याल र समाउने डण्डीमा समेत बङ्गुरको मासु र बोसो लगाउने गरेको थियो । भनिन्थ्यो