किरात सभ्यताले जन्माएकाे लिपि ब्राम्ही लिपि हाे । ब्राह्मी लिपि हिन्दु-आर्यकाे लिपि हाेइन, नामकरण मात्र ब्राह्मी लिपि हाे ।
याे लिपि त हिन्दु-आर्य भारतीय उपमहाद्वीपमा आउनुभन्दा पनि अगाडि नै प्रयाेगमा थियाे । याे लिपिलाई अशाेकले आफ्नाे शिला स्तम्भमा प्रयाेग गरेका थिए ।
“जेम्स प्रिन्सेप”
याे लिपिलाई धेरै समयसम्म अध्ययन गर्न सकिएकाे थिएन । मुगल सम्राट अकबरले विभिन्न विद्वान झिकाएर पढ्न लगाउँदा पनि सम्भव भएन ।
पछि याे लिपिलाई भारतमा अंग्रेजकाे पालामा “जेम्स प्रिन्सेप (सन् १७९९-१८४०)” भन्ने पुरातत्वविद् विद्वान व्यक्तिले पढ्न सफल भयाे र याे महाद्वीपकाे इतिहासकाे ढाेका खाेल्याे ।
लिपिलाई ब्राह्मी नामकरण
याे लिपि पढ्न सकिएपछि बाहुनहरूले यस लिपिकाे नाम ब्राह्मी लिपि राखे । हचुवाकाे भरमा ब्रह्माले सृष्टि गरेकाे लिपि भनेर यसलाई हिन्दु अपनत्व गरे ।
यदि याे लिपि हिन्दु-आर्यकाे हुन्थ्याे भने सर्वज्ञान भएकाे दाबी गर्ने पण्डितहरूले किन पढ्न सकेनन् ? लिपि पढ्ने परम्परा किन टुट्याे ? याे लिपिलाई किन अरूले पढिदिनुपर्याे ?
हिन्दु-आर्य लामाे समय लिपिबिहीन थिए
हिन्दु-आर्यहरू भारतीय उपमहाद्वीपमा आएपछि पनि हजाराैं वर्षसम्म लेख्न जानेका थिएनन् भन्ने विद्वानहरूले भनिरहेका छन् । त्यही भएर उनीहरूकाे वेद तथा धर्म शास्त्रलाई श्रुति (सुन्दै आएकाे) र स्मृति (सम्झदै आएकाे) भनिन्छ । धेरै पछि मात्र वेदलाई लिपिबद्ध गरिएकाे हाे ।
हिन्दु-आर्यकाे किन हाेइन याे लिपि ?
विद्वान इतिहासकार जिपि सिंहले एन्सियन्ट किरात हेरिटेज पुस्तकमा “हिन्दु समाजले लेखनकला किरात सभ्यताबाटै सिकेका थिए” भनेर ठाेकुवा गरेका छन् ।
विद्वान म्यक नल बर्नले वर्ल्ड सिभिलिजेशन पुस्तकमा “आर्यहरू भारत पसेकाे एक हजार वर्षसम्म पनि लेख्न जानेका थिएनन्” भनेर शाेध गरेका छन् ।
अर्काे महत्वपुर्ण कुरा, ब्राह्मी लिपि र देवनागरी लिपिमा “ङ” र “ञ” अक्षर छन् । जुन भाषाकाे लिपि हुन्छ त्याे लिपिकाे अक्षरबाट सम्बन्धित भाषाकाे शब्द बन्नुपर्छ ।
संस्कृत भाषा हिन्दु-आर्यकाे भाषा हाे । तर संस्कृत भाषामा “ङ” र “ञ” अक्षरबाट सुरु भएकाे कुनै पनि शब्द छैन ।संस्कृतकाे शब्दकाेषमा पनि ङ र ञ अक्षरबाट सुरू हुने शब्द छैन ।
यसबाट प्रष्ट हुन्छ कि ब्राह्मी लिपि हिन्दु-आर्यकाे हुँदै हाेइन । लिपिकाे नाम मात्र ब्रह्मी लिपि राखिएकाे हाे ।
याे लिपि हिन्दु-आर्य आउनुभन्दा अगाडि नै किरात सभ्यतामा विकास भएकाे लिपि हाे । किरात भाषामा ङ र ञ अक्षरबाट सुरु भएकाे शब्दहरू छन् । जस्तै: ङाेसी, ङाेपा, ङासा, ञाभु ईत्यादि ।
सिरिजङ्गा लिपि
याे लिपि किरात लिपि (कथित नाम ब्राह्मी) बाटै विकास भएकाे लिपि हाे । याे पहिले नै आविष्कार भइसकेकाे तर पछि राजनीतिक कारणले हराउन लागेकाे हुनाले त्याे बेलाका एक सामाजिक अभियन्ता सिरिजङ्गा नामक व्यक्तिले यस लिपिलाई लाेप हुनबाट बचाउन र संरक्षण गर्न पुनः प्रयाेग ल्याउने काम गरेका थिए ।
त्यही भएर याे लिपिलाई उनकै नामबाट सिरिजङ्गा भनिएकाे मात्र हाे ।
लिपि एउटा व्यक्तिले रातारात बनाउने कुरा हुँदैन । त्यसकाे लागि टिम र सामाजिक अनुमाेदन पनि चाहिन्छ । याे सिरिजङ्गा लिपिमा किरातले उच्चारण गर्ने ध्वनी ङ र ञ अक्षर छ ।
सिरिजङ्गा लिपि जस्तै किरात लिपिबाट विकास भएर अस्तित्वमा आएका थुप्रै लिपिहरू छन् ।
जस्तै: देवनागरी लिपि, रन्जना लिपि, तिब्बतीयन लिपि, वंगाली, तामिल, आसामिज, डाेग्री, गुजराती, उडिया, कलिंग लगायत अन्य सयाैं लिपिहरू किरात लिपिबाटै विकास भएका छन् । याे भारतीय उपमहाद्वीपमा प्रचलनमा छन् ।
लिपिकाे शुभारम्भ महान किरात सभ्यताकै उपज हाे । किरात सभ्यताले निर्माण गरेका हरेक उपयाेगी चिज हामी सबै नेपालीकाे साझा निधि हाे ।
(चामलिङ राष्ट्रिय जनमुक्ति पार्टीका नेता हुन् ।)
Where else can the Bramhi Lipi be found? Are there any historical or archeological sites in the east where this can be found?