दुध खाएर बुढी भएकी गाई र जोतेर बुढो भएको गोरु मासुको लागि भारत लगिँदै

नेपालमा गाई–गोरु काटेर खान कानुनले बन्देज गरेको छ । तर, लुकीछिपी आदिवासी जनजातिहरुले अहिले पनि गोरु काटेर खाने गरेका छन् ।

किरातीहरुको त सांस्कृतिक कार्य गर्दा नै गोरु काट्ने चलन थियो भन्छन् संस्कृतिविद्हरु ।

नेपालमा बेलाबेला गोरु काटेको आरोपमा प्रहरीले संलग्न व्यक्तिहरुलाई प्रक्राउ गरी कानुनी कारवाही समेत गर्ने गरेका छन् ।

गाईलाई हिन्दु धर्मावलम्बीहरुले माताको रुपमा पुजा गर्छन् ।

तर, सकिञ्जेल दुध दुही खाएर बुढी भएकी गाई र जोत्दा जोत्दा बुढो भएको गोरुलाई भने मासुका लागि खरिद गर्नेहरुलाई बेचिदिने गर्छन् कतिपयले । बेचिएका गाई–गोरु भारतका विभिन्न स्थानमा पुग्छन् ।

कृषिविज्ञ मदन राईको विचारमा नेपालबाट एक वर्षमा कम्तीमा तीन लाख गाई–गोरु भारत पुर्याइन्छ ।

सामाजिक सञ्जालमा गाई–गोरु भारत लगिँदै गरेको फोटो पोस्ट गर्दै उनले नेपालको कानुनले गर्दा गाई मासिँदै गएको उल्लेख गरेका छन् ।

गोरुले जोत्नुको सट्टा मेसिनले जोत्न थालेपछि त्यसले पनि गाई पालनमा किसानको रुचि घटेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्