पाँचथरमा आगलागी हुँदा २ जनाको मृत्यु

पाँचथर । पाँचथरस्थित फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारकाे मेघबहादुर गुरुङको घरमा गएराति आगलागी हुँदा २ जनाको मृत्यु भएकाे छ ।

मेघबहादुरसहित २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ बर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) रहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मेघबहादुर र उनका छोरा बिजेन्द्र गुरुङ घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार सो घरमा ७ जना सुतेका थिए । ३ जना भने भाग्न सफल भएका थिए ।

आगलागीबाट घर पूर्णरुपमा ध्वस्त भएकाे छ । आगलागीकाे कारण खुल्न सकेकाे छैन । घटनामा ५० लाख रुपैयाँ भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img