काठमाडाैं । अष्ट्रेलियामा बिरामीलाई पिटकाे आरोपमा एक नेपाली नर्स पक्राउ परेकी छन् ।

नाइनन्युज सिड्नीका अनुसार एस्थिया हेल्थमा कार्यरत नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेर र धक्का दिएको आरोपमा पक्राउ गरिएको हो ।

पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले नै अस्पताल प्रशासनमा रिपोर्ट गरेका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको हो ।

समाचारका अनुसार पाण्डेलाई जेल सजाय हुन सक्नेछ ।