धरान उपमहानगरपालिका वडा नं १३ स्थित जिरोपोइन्टमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक घाइते भएका छन् ।
शनिबार बिहान जिरो पोइन्ट स्थित स्टेडियम टर्निङमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको को १ क ११५९ नम्बरको बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमृता लिम्बु सवार प्रदेश १०–०२–०५२ प १९५२ नम्बरको स्वकुटीलाई ठक्कर दिँदा स्वकुटीमा सवार अमृता लिम्बुको घटनास्थलमै मृत्यु भएको हाे ।
घाइते चौधरीको बिपी प्रतिष्ठानको ईमेर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।