कोभिड-१९ काे महामारीपछि बन्द भएकाे काेरला नाका साढे तीन वर्षपछि खुला गरिएकाे छ ।

मुस्ताङमा रहेकाे उक्त नाका २०७६ चैतमा बन्द गरिएकाे थियाे ।

सोमबार नेपाली समय अनुसार बिहान १० बजे र चिनियाँ समय अनुसार दिउँसो पौने २ बजे नाका खुला गरिएकाे हाे ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्थ लगायतलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको हाे ।

सो अवसरमा हर्ष बडाईं पनि गरिएको थियो ।

लामो समयपछि नाका खुलेको खुसियालीमा चिनियाँ पक्षले नेपालीहरुलाई एक लाख किलो खाद्यन्न सहयोग गरेकाे छ ।

नाका खुल्ने अघिल्लो दिन आइतबार चिनियाँ पक्षले स्थानीय पालिकाका बासिन्दाका लागि भनेर नुन, चिया, पिठोलगातका १५ ट्रक खाद्यान्न सहयोगमा पठाएको हाे ।