वार्षिक १२ अर्बको हस्तकलाका सामान निर्यात

मुलुकबाट वार्षिक १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामानको निर्यात हुने गरेको छ ।

स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो ।

नेपाल हस्तकला महासङ्घका अनुसार हस्तकलाका सामान विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छ । १२ अर्ब रुपियाँ बराबरको सामान भने आन्तरिक बजारमा खपत हुने गरेको महासङ्घको तथ्याङ्क छ ।

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले वार्षिक २४ अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले महत्वपूर्ण योगदान दिँदै आएको बताए ।

देशको व्यापार घाटा कम गर्न र आयात प्रतिस्थापन गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको विकास, विस्तार र प्रवर्धनमा सरकारले जोड दिनुपर्ने उनकाे भनाइ छ ।

हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको अनुमान छ ।

स्वदेशमै रोजगारीको अवसर बढाई श्रमशक्तिलाई बाहिरी मुलुकमा रोजगारीका लागि जान निरुत्साहित गर्न सक्ने उद्योग व्यवसायका रूपमा हस्तकला उद्योग व्यवसायलाई विकास गर्न सकिने सम्भावना रहेको शाक्यको भनाइ छ ।

नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड, विभिन्न वन्यजन्तुका सिङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य सामग्री, ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकलाका सामान विदेश निर्यात हुन्छ ।

महासङ्घका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img