स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु. ३ लाख १८ हजार ८०० मा कारोबार भइरहेको छ भने चाँदीको मूल्य रु. ७ हजार ३०० कायम भएको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु. ३ लाख ९ हजार ३०० र चाँदी रु. ६ हजार ८७० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार २०० अमेरिकी डलर र सेतो धातु (चाँदी) प्रतिऔँस १११ अमेरिकी डलर मा कारोबार भइरहेको छ।