मस्ट धर्ममा जनै लाउन आवश्यक छैन

जनै लगाउने संस्कारलाई “उपनयन संस्कार” भनिन्छ । उपनयन संस्कार अर्थ ईश्वरको नजिक जानु भन्ने हुन्छ । मष्ट धर्ममा ईश्वरीय अवधारणा छैन । मष्ट धर्मको फागमा भनिएको छ-
न मा:जैका को रे होलो ठुला
तेत्तिस कोटी देउइ को रे होलो ठुलो
देवता मा:जैका मुन्ठाइ रे ठुला

मष्ट भन्दा ठुला अरु कुनै देवाता छैन्न भन्ने धर्मले जनै लगाउनु पर्ने देखिदैन ।

दोस्राे, हिन्दु धर्मको स्कन्दपुराणमा षोडशोपचार पुजा अन्तर्गत अष्टम उपचारमा एउटा श्लोक जनैका बारेमा रहेको छ-
जन्मना जायते शूद्रः संस्कारात् द्विज उच्यते ।
शापानुग्रहसामर्थ्यं तथा क्रोधःप्रसन्नता ।

यसको अर्थ जनै नलगाएसम्म जन्मदा ब्राम्हण नै भए पनि संस्कारले शुद्र नै हुन्छ । जनैधारण गरेपछि वेद अध्ययन गर्न योग हुन्छ भन्ने हो ।

मष्ट धर्ममा चार वेद, चार उपवेद आदि अध्ययन गर्न अनिवार्य नभएको हुँदा जनै लगाएर वेद अध्ययन गर्न योग र होम गर्न योग्य हुनुपर्ने प्राबधान नभएको हुँदा जनै लगाउनु पर्दैन । तर, पूर्णिमा अर्थात फुल मुन डे मष्ट देवाताको बिशेष पूजा गर्ने दिन भएको हुँदा मष्ट गोसाइको पूजा गरी, प्रसादको रुपमा धामी वा घरको मुलीबाट गोसाइलाई चढाएको आलम ( राता, सेता, पहेला ) धजा वा डोरा ग्रहण गर्दा कुनै दोष लाग्दैन ।

जै मष्ट गोसाइ ! “विश्व मष्ट धर्म महासंघ” परिवार ।

(भीमसिंह कार्कीकाे फेसबुकबाट)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्