किरात राईहरुले पितृ र प्राकृतिक दर्शनमा आधारित अवधारणालाई नै किरात धर्म मान्ने

किरात राई यायोक्खाले पितृ र प्राकृतिक दर्शनमा आधारित मुन्दुमद्वारा निर्देशित अवधारणालाई नै ‘किरात धर्म’ मान्ने भएको छ ।

गत कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना गरिएको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले किरात धर्मबारे प्रष्ट पारेको हो ।

सम्मेलनपछि १६ बुँदे काठमाडौं (यलखोम) घोषणापत्र जारी गरिएको छ ।

जसमा पितृ र प्राकृतिक दर्शनमा आधारित मुन्दुमद्वारा निर्देशित अवधारणालाई किरात धर्म मान्ने र सोही किरात धर्मलाई विकास गर्ने उल्लेख छ ।

सम्मेलनबाट पारित भएको घोषणापत्र अनुसार अब किरात राईहरुले किरात सिरिजङ्गा लिपिलाई किरातीहरुको साझा लिपिको रुपमा प्रचलनमा ल्याउनेछन् ।

यो कुरा घोषणापत्रको बुँदा नं २ मा राखिएको छ । जसमा भारतको सिक्किममा प्रयोग हुँदै आएको किरात खम्बु राई लिपिलाई पनि सम्मानजनक सामाजिक स्वामित्व ग्रहण गरिने उल्लेख छ ।

सम्मेलनले दुवै लिपिलाई मान्यता दिने निर्णय गरेको छ । तर यो निर्णयले किरात राईहरुले कुन लिपि चलाउने भन्ने आआफ्नाे व्याख्या र विवाद भने निर्माण गरिरहने अनुमान गर्न सकिन्छ ।

किनभने सिक्किममा रहेका राईहरुले राई लिपिलाई नै मान्यता दिनुपर्ने जोड दिँदै आएका छन् भने नेपालका राईहरुले किरात सिरिजङ्गा लिपिलाई पहिल्यैदेखि प्रयोग गर्दै आएका छन् र सोहीको निरन्तरता हुनुपर्ने बताउँदै आएका छन् ।

यसबारे देखिएको विवादबारे भने सम्मेलनले दोहोरो अर्थ लाग्ने निर्णय गरेकोले किरात राईभित्रको लिपि प्रयोगबारेको मतान्तर कायम रहने अनुमान गर्न सकिन्छ ।

सम्मेलनले प्रदेश १ को नाम किरात राख्न अनुरोध गर्ने र आवश्यक परे किरात प्रदेशका लागि निर्णायक आन्दोलन गर्ने भनेको छ ।

सम्मेलनले किरात राईहरुको पितृघर माङ्खिममा एकरुपता ल्याउने घोषणा गरेको छ ।

१६ बुँदे घाेषणापत्रः

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्