नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तथा तमू गुरुङ सञ्चारकर्मी संघका सल्लाहकार एवं अग्रज पत्रकार खिम घलेलाई पितृशोक परेको छ ।
पत्रकार घलेका पिता कृष्णबहादुर घलेको बुधबार उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा निधन भएको छ ।
काठमाडौंको मच्छेगाउँमा बस्दै आएका पत्रकार घलेका पितालाई बुधबार विहान ह«दयघात भएपछि अस्पताल लगिएको थियो ।
उनको स्थायी घर लमजुङस्थित बेसीशहर नगरपालिका वडा नं १० खासुर हो ।
७४ वर्षको उमेरमा निधन भएपछि उनको बुधबार नै बौद्ध परम्पराअनुसार काठमाडौंको स्वयम्भुमा अन्त्येष्टि गरिएको छ । उनकाे दुई छोरा छन् ।
पछिल्लो समय हाइलाइट्स टुरिजम डटकमका सम्पादक रहेका पत्रकार घलेलाई पितृशोक परेपछि फोनिजले शोक वक्तव्य निकालेको छ भने विभिन्न संघसंस्था तथा व्यक्तिहरुले पनि शोक तथा समवेदना व्यक्त गरेका छन् ।
