नेकपा एमालेनिकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालकाे खाेटाङ जिल्ला अध्यक्षमा सञ्जिव राई (सीताराम) चयन भएका छन् ।
शनिबार दिक्तेलकाे होटल शुभदिनमा सम्पन्न पाँचौं अधिवेशनबाट राई सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् ।
उपाध्यक्षमा राजन ठटाल र अस्मिता खत्री चयन भएका छन् भने सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ र कोषाध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् ।
सदस्यहरुमा मनोन आचार्य, मिलन आचार्य, दिपेश श्रेष्ठ, योगिन राई, जीवन मगर, चिरञ्जीवी रिजाल, रोशन राई र उमेश भुजेल छन् ।
यस्तै दमन राई, हरिबोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राईलाई सल्लाहकारमा राखिएकाे छ ।
