बर्दियास्थित बढैयाताल गाउँपालिका वडा नं ३ सतपतियामा गएराति भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

राति करिब १० बजे घरको आँगनमा आगो तापिरहेका बेला भे १ क १४२५ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नं ३ सतपतियाकै रामु थारु र सोमबहादुर विक भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

पिच सडकमा गुडिरहेको ट्रिपर आगो तापिरहेकामाथि गुडेको थियो ।

ट्रिपरले कुल्चेर मृत्यु भएका आफन्त र स्थानीयबासीले क्षतीपूर्तिको माग गर्दै नेपालगञ्ज गुलरिया सडक खण्ड अन्तर्गत भोलागौडीमा सडक अवरोध गरेका छन् ।