किरातकाे अर्थ धर्म, जात कि राष्ट्रियता ?

साेनाम सज्जन किराती

एमाले अध्यक्ष केपी ओली सरकार प्रमुख रहँदा दुई दुई पटक संसद विघटन गरे । त्यसपछि एमाले बाहेकको अन्य राजनीतिक दलहरुकाे प्रस्तावमा शेरबहादुर देउवा सर्बोच्च अदालतकाे परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त भए । एमसिसी पारित, नागरिकता विधेयक पारित, छवटा प्रदेशको नामाकरण पारित, एसपिपी ग्रहण यही प्रकृयामा भएको छ । सातवटा प्रदेशमध्ये १ नम्बर प्रदेशकाे नामाकरण हुन सकेको छैन ।

यतिबेला एमाले विद्वानहरुलाई संघीयता खारेजीको चटारो छ । ओैपचारिक अनाैपचारिक वा फेसबुकभित्तामा समेत घुमाउरो वा साेझै तरिकाले संघीयता खारेजीको सवाल वकालत गर्नु एमाले पार्टी याे देशको संविधान र गणतन्त्रप्रति किन यतिसाह्राे निष्ठुर प्रहारक बनेको हाे ? यसरी आफैले जन्माएको शिशु भन्न पनि तयार हुने अनि त्याे शिशुलाई काट्छु मार्छु पनि भनिरहने, यस्तो बकमफुसे दबाब अबको नेपाली राजनीतिले कति झेल्नुपर्ने ? यसकाे लेखाजाेखा जनताले नगर्ने हाे भने वा पुनः यस्तो गतिविधि गर्ने पार्टीलाई सत्ता र सरकारमा पुर्याइदिने हाे भने देशलाई कुन खालकाे नाफा घाटामा लगेर डुबाउने हाे भन्ने हेक्का राख्न जरुरी छ । अहिले नेपालभित्रकाे दुषित र सुधारक राजनीति यसरी केन्द्रित छ । याे निकै अप्ठ्यारो र गम्भीर प्रश्न हाे ।

यसर्थ, इतिहास मेट्ने या लेख्ने भन्ने कुरा निकै पेचिलाे हुन्छ । लेख्ने र मेट्ने विचकाे संघर्षले याे पटक अलि फरक खालको संघर्षकाे माग गरेकाे र त्याे विकसित हुन आवश्यक छ । यसरी हेर्दा यहाँ किरात प्रदेश धर्म जात हाे कि ? भूगाेल अर्थात राष्ट्रियता हाे ? भन्ने विषयमा सार्वजनिक धारणा सकरात्मक बुझाइ अघि सारेको छु ।

किरात शब्द 

किरात शब्द सार्वभौम पहिचान हाे । याे यस्तो पहिचान या राष्ट्रियता हाे, याे सभ्यतासँग सम्बन्धित प्रकृति विज्ञान हाे । प्रकृतिकै नियम नियन्त्रणमा मानव समाजको विकास भएको पाइन्छ । हरेक विज्ञानहरुकाे विकासको मूल स्राेत प्रकृतिभन्दा अरु देख्न सकिन्न । प्राणी जगत् जिजीविषादेखि अहिलेसम्मकाे चर्चित मानव निर्मित विकासहरु आदिम कविला युग दास मालिक कृषि युग हुँदै समाजवादी एन्ड्राेइड एप्लिकेसनले चल्नुपर्ने चरणकाे युग विकाससम्म आइपुग्दा प्रकृतिकै मूल सहयता विज्ञान बाहेक अरु कुनै कुराहरूकाे याेगदान छैन । यदि त्यस्ताे दावी गरिएको छ भने त्याे परिकल्पना फगत हाे, नचाहिदो झुटाे कुरा हाे । तर मानव  विकास चरण भाैतिकवाद या द्वन्द्ववादी नियममा आधारित हुन्छ । याे विचार जगतकाे आधारमा विशुद्ध मार्क्सवादी सावित छ ।

आउँदाे निर्वाचनहरुमा पहिचान र राष्ट्रियता विराेधीहरुलाई लखेटेर हाम्रो भूमिका प्रभावकारी पार्न जरुरी देखिन्छ ।

यसर्थ याे किरात सभ्यता कल्पनावाद भन्दा बिल्कुल फरक र याथार्थवादकाे पूर्ण सार र रुपसँग सम्बन्धित छ । यसकारण मानव समाजकाे विकासमा याे सभ्यताको टेवाले अहम भूमिका खेलेको तथ्य स्थापित छ । स्वीकार गराै या नगराै अहिलेसम्मकाे सही र तथ्य कुरा भनेकाे यही नै हाे र याे सभ्यता मास्ने जमर्कोमा लाग्नेहरुले किरात प्रदेश घाेषणा गर्न नमानेको हाे । आउँदाे निर्वाचनहरुमा पहिचान र राष्ट्रियता विराेधीहरुलाई लखेटेर हाम्रो भूमिका प्रभावकारी पार्न जरुरी देखिन्छ ।

पश्चिमा र हिन्दू दृष्टिकाेण

मूलभूत प्रश्न यही हाे प्रदेश घाेषणामा देखिएको समस्या यसरी नै वारी र पारी भएर बसेका छन् । समस्या र सम्भावनाहरु प्रष्ट छ । म मार्क्सवादी हुँ भनाउँदा हाम्रा कतिपय मार्क्सवादी पण्डित मित्रहरुलाई समेत नपचेकाे धार्मिक कवाडीहरुले यसरी किरात शब्द जाति देख्नु धर्म देख्नु पश्चिमा सभ्यताको उपस्थितिमा हिन्दुकृत दृष्टिकोण राख्नु हाे । याे इतिहासले पुष्टि गर्नेछ ।

धेरैलाई लाग्न सक्छ कि किरात सभ्यता कम्जोर बनाएर किरात सभ्यता मेटाएर हिन्दू र पश्चिमा सभ्यताको गाेप्य बर्चस्व कायम गर्ने याेजना मुर्त तुल्याइन्छ । तर सजिलो छैन १ नम्बर प्रदेश किरात प्रदेश घाेषणा हुन नदिनेहरुकाे यस्तो उदेश्य पुरा हुन दिइनु हुँदैन । सत्य चाहि के हाे भने याे हिमाल पहाड र समथर भूभाग जस्तै भूपरिवेष्ठित मुलुकमा किरात प्राचीन मुलुक हाे इतिहासले बारबार भन्छ ।

किरातकालमा काठमाडौंबाट समेत ३२ पुस्ता शासन सञ्चालन भएको तथ्य मेटिएकाे छैन । किरात प्राचीन कथाहरुमा उल्लेख भएअनुसार भाैतिक विज्ञान र मानव विकासको सुरुवात गर्ने काल प्रथमतः किरात सभ्यता नै देखिन्छ । मुन्धुमहरुकाे लिखित अवधारणा नभएर मात्रै हाे, मार्क्स एंगेल्सले १८४८ पछि कम्युनिष्ट घाेषणापत्र तयार पार्नुभयाे । त्याे उत्पीडित मानव मुक्तिकाे निम्ति निकै महत्त्वपूर्ण दस्तावेज हाे । त्याे दस्तावेज त्यही प्रकृति विज्ञान र भाैतिकवादी दृष्टिकोणमा आधारित छ । याे नियम नमान्ने बदमासहरुकै कारणले मात्रै १ नम्बर प्रदेश घाेषणा गर्न कठिनाइ भएको देखिन्छ । यस्ता निकासका बाधकहरु बालुवा मात्रै हुन्, यिनलाई जतिसुकै सुन्दर तेलकाे ब्यारेल घाेप्ट्याए पनि बालुवाले म अघाए पुग्यो भन्ने छैन । सत्य कुराे बालुवालाई निचोर्न जरुरी छैन ।

नागरिकता विधेयक 

नागरिकता विधेयक जारी भएको छ । नेपालकाे राष्ट्रियतासँग सम्बन्धित याे असामान्य प्रश्न हाे । याे भनेको जन्मेको आधारमा नागरिकता दिने कि वा उसकाे वंशगत आधारमा दिने ? सवाल अधिकार राज्य वा सरकारको हुने हाे । जन्मगत आधारमा नागरिकता वितरण गरिनु भनेको चाहिँ आत्मघाती कार्य नै हाे, जाे फिजीकाे इतिहास हेरे काफी हुन्छ ।

अबको बाटो

ककसियन, द्रविड, आर्य र मंगाेल मानव विकासमा याे चार नश्लकाे संरचना अध्ययनमा देखिन्छ । धर्म र राजनीतिकाे विकास भएको यही नश्लहरुकाे विभाजन संघर्षको कारण भएको पाइन्छ । संसारमा घुमन्ते जीवनदेखि यहाँसम्म आउँदा किरात सभ्यता सबैभन्दा पुरानाे कृषि उत्पादन क्षमता देखाउने सृष्टिकालीन आविष्कारक समुदाय हुन् ।

प्रकृतिको नियमनुसार मानवले संस्कारहरुकाे रचना गरे । प्रकृतिकाे सम्मान अर्थात प्रकृति नियमकाे पालना किरात सभ्यताका मूलभुत अवयवहरु हुन् । यस्तो गाैरवान्वित इतिहास र सभ्यताको विरोध गर्नु भनेको प्रकृतिको विराेधमा जानु हाे, पहिचानको विरुद्धमा जानु हाे । आउँदाे दिनहरुमा यी पहिचान र प्रकृति विराेधी तत्वहरुलाई राजनीतिबाट सदासदाका निम्ति बिदा गर्नुपर्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्