Wednesday, February 8, 2023
11.8 C
Diktel

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रकाे एकताः स्याल स्यालसँगै मिल्याे

प्रसंगः राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रको एकता !

स्याल अन्ततः स्यालसँग नै मिल्न पुग्यो, जुन स्वाभाविकै हो किनकि दक्षिणपन्थी, पुरातनपन्थी र पश्चगामी तत्वहरु अन्तमा एकताबद्ध हुन्छन् नै ।

निकै ताउरमाउर गर्दै र चर्को फुर्तीफार्ती एवं तामझाम देखाउँदै रविन्द्र मिश्र राजनीतिमा आएका थिए र पत्रकारितामा स्थापित नाम भएकाले केही मान्छेमा केही भ्रम, अन्याेल र आशावादिता छर्न सफल पनि भएका थिए । तर अन्तमा टाय-टाय फिस्स ! उनको रंग उड्यो र आफ्नो असली रुपरंगमा देखा परे ।

नेपाल धर्मनिरपेक्ष, संघीय र गणतन्त्र भैसक्यो तर लिङदेन र मिश्रहरु अझै हिन्दू राष्ट्र, राजतन्त्र र एकात्मक प्रणालीकै प्रतिगामी एजेन्डा बोकेर कुद्दैछन् । (त्यसमाथि लिङदेन त किरात धर्मावलम्बी लिम्बू भएर पनि हिन्दू राष्ट्रको पक्षमा छन् । हेर त बिडम्बना !)

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्र

यो सत्य हो कि गणतन्त्र र संघीयता कुनै रामबाण औषधि हैनन्, यिनमा पनि थुप्रै कमीकमजोरी र खराबीहरु छन्, होलान्, जनाताका सबै समस्या र आकांक्षाहरुलाई सम्बोधन गर्न नसकेका हुन सक्छन् । तर संघीयता र गणतन्त्र एकात्मक प्रणाली र राजतन्त्रभन्दा निःसन्देह धेरै राम्रा, उपयुक्त, वैज्ञानिक, प्रतिनिधिमूलक र वस्तुवादी व्यवस्था हुन् भने नेपालमा संघीयता र गणतन्त्र आएको १४-१५ वर्ष न भयो । त्योभन्दा अघि अर्थात झण्डै २५० वर्ष त नेपालमा राजतन्त्र र एकात्मक प्रणाली नै थियो नि ! जनताका आकांक्षा र समस्याहरु कहाँ सम्बोधन भएका थिए र फेरि तिनै व्यवस्थाले कसरी सम्बोधन हुन सक्छ ! वाहियात !

हिन्दू राष्ट्रको सन्दर्भमा, धर्म त व्यक्तिको हुन्छ । व्यक्तिले धर्म मान्छ वा मान्न सक्छ (हामीजस्ता माओवादीहरुले भने कुनै धर्म मान्दैनौ, त्यो बेग्लै कुरो हो) । तर, देश वा संघ-संस्थाको कहाँ धर्म हुन्छ र भन्या ? नेपालीहरुको धर्म होला वा नहोला तर नेपालकै त धर्म हुँदैन र हुनुहुन्न ।

सुरेश आले मगरको फेसबुकबाट

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्