मेराे विचारमा वैकल्पिक प्रगतिशील लाेकतान्त्रिक शक्तिका ८ मानक

राजावादी, कांग्रेस वा कम्युनिस्ट कहिल्यै वैकल्पिक शक्ति हुँदैन

वैकल्पिकता हामी व्यक्तिमा खाेज्छाैं, समूहमा खाेज्छाैं, झुकिन्छाैं, झुक्याइन्छाैं । त्याे विचार र एजेण्डामा खाेजाैं, मानक बनाएर खाेजाैं । कहिल्यै झुकिन पर्दैन । कुनै व्यक्ति वा समूह त्याे सीमा भित्र रहे हाे, नरहे हैन । यसरी मूल्यांकन गराैं । मेराे विचारमा नेपालमा वैकल्पिक प्रगतिशील लाेकतान्त्रिक शक्तिका निम्न मानक हुन्छन् ।

१. त्यस्ताे शक्ति राजावादी, कांग्रेस वा कम्युनिस्ट कहिल्यै हुन सक्दैन । रुढीवाद, पुँजीवाद र साम्यवादलाई वैचारिक आदर्श बनाउँन सक्दैन ।

२. अहिलेकाे संविधानमा भएका गणतन्त्र, लाेकतन्त्र, संघवाद, समावेशिता, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय र सकारात्मक विभेदकाे पक्षपाेषण गर्दछ । तर यी सिद्धान्तकाे मानकमा अहिलेकाे संविधान अधुराे छ भन्ने ठान्दछ, पुनर्लेखन र संशोधन गर्नुपर्ने धारणा राख्दछ ।

३. राजतन्त्र, उदार लाेकतन्त्र वा साम्यवादी जनवादमा हैन, प्रत्यक्ष, सहभागितामूलक, समानुपातिक-समावेशी लाेकतन्त्रमा विश्वास गर्दछ ।

४. खुल्ला बजार अर्थतन्त्र, नवउदारवाद, राज्य-अर्थतन्त्र वा मिश्रित अर्थतन्त्रमा हैन, सामाजिक उत्तरदायित्वसहितकाे बजार अर्थतन्त्र अर्थात बजार समाजवादमा विश्वास गर्दछ ।

५. शिक्षा, स्वास्थ्य, आवासलगायतका आधारभूत सेवामा राज्यकाे पूर्ण उत्तरदायित्व चाहन्छ ।

६. सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न संरचनागत र संस्कृतिगत दुवै प्रकारका बद्लाब आवश्यक ठान्छ । यसमा कसैसँग कुनै प्रकारकाे सम्झाैता गर्दैन ।

७. पर्याप्त भाैतिक पूर्वाधार, तीव्र आर्थिक बृद्वि, समन्यायिक वितरण, दीगाेपन, र खुशीशास्त्रमा आधारित समतामूलक संमृद्विलाई समाजवादकाे आधार मान्दछ ।

८. विश्व राजनीति र भूराजनीतिक सवालमा कसैकाे पक्ष वा विपक्षमा नलागी सबै पक्षसँग राष्ट्रिय हित अनुकूल गतिशील सन्तुलन र सन्तुलित सम्बन्ध कायम गर्न सक्दछ ।

जाे यस्ताे साेंच राख्छ, यस्ताे प्रयत्न गर्छ, त्याे नै वैकल्पिक प्रगतिशील लाेकतान्त्रिक शक्ति हाे ।

(डम्बर खतिवडाकाे फेसबुकबाट । उनी जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन् ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्