नगेन चाम्लिङ
देशमा उदाउँदो र शक्तिशाली चर्चित नेता धरानका मेयर हर्क साम्पाङले भन्दै थिए- म कुनै राजनीतिक दलमा लागेको भए मैले वडासदस्य पाएर कुनामा बसेर बोल्नु पर्थ्याे । अनि सम्झिए कि दलमा लाग्नेहरु के हर्क जस्ता छैनन् र ?
विशेषगरी नेपाली कांग्रेस विचराको कुरा गर्दिनँ । तर एमालेमा पक्कै पनि सयौं हैन हजारौं हर्कहरु छन्, जसले हर्कको जस्तो स्वयम्बारे मुल्यांकन गर्ने अवसर नै पाएनन्, पाइरहेका छैनन् । जसको सोच र क्षमता हर्क भन्दा सयौं गुणा ज्यादा हुन सक्छ । तर उनीहरु कुनामा बसेर आवाज निकालिरहेका छन् । मानौं उनीहरु नेता हैनन् पिँजडाको सुगाहरु हुन् ।
अशोक राईले पिँजडारुपी एमालेको संगठन फुटायो भन्दिनँ, तर दुलोपारेर हिडे । कतिले दुलोबाट निस्केर अशोकलाई पछ्याए पनि । तर पिँजडा बाहिर त जीवन चलाउन वायल्डमा सिकार गर्नुपर्ने हुन्छ । अशोकको पछि लाग्नेहरु सिकार गर्ने बानी नभएका कारण बाहिर हैरान परे । कतिपयहरु वाइल्डमा सिकार गर्नु हैरान गर्नु भन्दा मालिकले दिएको रेडिमेड दानापानीको स्वाद लिन नै ठीक ठानेर मालिककै घर फर्किए ।
फर्किनेहरुको दिनचार्या फरक यति रहेछ अशोकले फोरेको त्यो पिँजडाको प्वालबाट भित्र छिरेर पिँजडा भित्र बसे पनि भो बाहिरै आगनमा नाचे पनि भो । आखिरी रेडिमेड दानापानी आइहाल्छ । आएन भने त्यो डिकेन्द्र जस्तो बाटो पनि छँदैछ (डिकेन्द्र राजवंशी जो एमालेका पुराना कार्यकर्ता जसले आफ्नो छोरा शम्भुलाई राजनैतिक नियुक्ती जागिर दिलाउन नसक्दा एमालेको मुख्यालयमा वि.सं २०७७ वैशाख ६ मा आत्माहत्या गर्छन् र चार महिनापछि छोरा शम्भुले पनि पीडा खप्न नसकेर आत्माहत्या गरेकोलाई जनाउने वाक्य नैरास्यताको लागि नभएर जागरुक होस् भनेर हो), त्यही पिँजडामा अरु सुगासँगै बसेको तर अशोकले पिँजडामा प्वाल पारेर उड्दा सँगै बसेको राजेन्द्र त्यतिबेला सुतिरहेको एक्टिङ गरिरहेका थिए ।
तपाईं उमेर ७० वर्ष प्लस नै किन नपुगोस् सही विचार छ भने पहिले एमालेरुपी पिँजडाबाट मात्र हैन मालिकको आगनमा दानापानी खाँदै नबस्नुस् ।
त्यही प्वाल त भन्दिन तर आज अलिक फरक ढंगले उनी त्यो पिँजडाबाट बाहिर उड्ने मौका पाए र बहिर गएपछि आफै सिकार गर्नुपर्याे । उनीमा कौशलता थियो । तर स्वयम् भने विश्वास थिएन । बाध्य थियो सिकार गर्न, आखिरिमा सिकार गरेरै छाडे । पहिलो सिकार भनेको प्रदेश एकको मुख्यमन्त्री पद हो भने दोश्रो भनेको किरात प्रदेशको लागि पदको शक्ति प्रयोग गर्नु ।
आज राजेन्द्र एउटा नेतृत्वरुपी सिकारी शक्तिमा स्वयमको कौशलताले उदय भएको छ । जसले १ नम्बर प्रदेशमा मात्र हैन देशी र विदेशी जो नेपालको राजनीतिमा चासो राख्छन् उनीहरुलाई ट्वाँ पारिदिएको छ । अनि यो पनि जोडौं, ताजा रिपोर्ट; पिँजडामा बसेर धेरै वर्ष बिताउने एकजना आदरणीयले स्वयमको योगदान र सोच अनुसारको एमालेबाट प्रगति नभएको गुनासो र पश्चाताप गर्दै हुनुहुन्थ्यो ।
अनि मैले भने पिँजडा (एमाले) भित्र बसेर तपाईंले त दानापानी समेत राम्ररी खान पाउनु भएको छैन, बाहिर निस्कनुस्, म नै भए पनि सहयोग गर्छु; भन्दा अहिले मैले यसबारे सोच बनाएको छैन भन्नुभो ।
पश्चाताप पनि गर्ने अनि पिँजडा बाहिर पनि निस्कन नसक्ने यो कस्तो बिडम्बना हो ? तपाईं र तपाईंहरु जस्ता पिँजडामा बस्नेहरुले डिकेन्द्र र उनको छोराको जस्तो बाटो पक्कै लिनुहुने छैन ।
अन्तमा, तपाईं (पाठक वा एमालेभित्रकाहरुको) उमेर ७० वर्ष प्लस नै किन नपुगोस् सही विचार छ भने पहिले एमालेरुपी पिँजडाबाट मात्र हैन मालिकको आगनमा दानापानी खाँदै नबस्नुस् । राजेन्द्र राई र हर्क साम्पाङजस्तो राजनीतिक सिकारी बन्न कम्तीमा नयाँ जेनेरेसनलाई प्रोत्साहन गर्नुस् । डेकिन्द्रको बाटो नरोज्नुस्, यसैमा छ राजनीतिभित्र जीवन रहनुको सार्थकता । अझ पनि कुरा बुझिएन भने हामीहरु यो डिजिटल जमानाको खर्पने, तिघ्रे, पाखे नै हो । तर कुरा बुझियो भने हामी हजारौंहरुमा हर्कभन्दा कमजोर नेतृत्व दिने क्षमता छैन (फेरी क्षमतावान भनेर हर्कसँग प्रतिस्पर्दा हैन, सहकार्य हो) ।