कति सजिलो छ सामाजिक सद्भाव बिग्रन थाल्यो भन्न ? सरल र यथार्थ जस्तो यो भाष्यमा कति कुटिलता अन्तर्निहित छ, कति जाल्झेल छ, कति फरेव र प्रपञ्च छ ।
१. सद्भाव बिग्रन थाल्यो किनभने मानिसहरु सचेत भए । आफ्नो हक-अधिकार खोज्न थाले, पहिचान खोज्न थाले । राज्यमा सहभागिता खोज्न थाले, सबै खाले समानता खोज्न थाले ।
२. सद्भाव बिग्रन थाल्यो किनकि मानिसहरुले आफ्नोपनको खोजी गर्न थाले । भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्नुपर्ने चेत मानिसहरुमा जाग्न थाल्यो । सबैखाले भेदभाव र उत्पीडनकाे कारण बुझ्न थाले ।
३. सद्भाव बिग्रन थाल्यो किनभने सिद्धान्त, वर्गको नाममा राजनीति गर्नेहरुले आफ्नो समुदायको मात्र वर्ग उत्थान गर्ने जालसाँज गरेका रहेछन् भन्ने कुरा जनताले बुझ्न थाले ।
४. सामाजिक सद्भाव बिग्रन थाल्यो किनकि जनताले टाँठाबाठा, जान्नेसुन्ने ठानेर चुन्ने गरेका नेताहरु आफ्नै जाति विरादरीको उत्थानमा लागेका रहेछन् भन्ने कुरा मतदाताले बुझ्न थाले ।
५. सामाजिक सद्भाव बिग्रन थाल्यो किनकि व्यवस्था बदलिए पनि शासक वर्ग र जाति उही एउटै रहेछ, राजनीतिक रङ बदलेर आफ्नो परम्परागत सत्ता जोगाउने प्रपञ्च गरिएको रहेछ भन्ने सोझा मतदाताले पनि बुझ्न थाले ।
हेर्न बाँकी छ । सद्भाव यात्रा (अभियान) मा निस्कनेहरुले पुरानै महेन्द्रकालीन राष्ट्रिय एकताको राग अलाप्ने होलान् कि कुनै नयाँ भाष्य निर्माण गरेका होलान्, प्रतिक्षा गरौं ।
-चन्द्रप्रकाश बानियाँकाे फेसबुकबाट
हाेनी कट्ठु भाषा धुर्त कुुकुर बाहुन जातिलाई अपाक्ष हुनेरहेछ ।