ब्राह्मी, देवनागरी र सिरिजङ्गा किरात सभ्यताकाे लिपि

सन्दर्भ लिपि विवाद,
किरात सभ्यताकाे लिपि: ब्राह्मी लिपि, देवनागरी लिपि र सिरिजङ्गा लिपि

याे लिपिलाई भारतीय ब्राह्मणहरूले ब्राह्मी लिपि नामकरण गरेका मात्र हाे । किरात सभ्यताले जन्माएकाे लिपि ब्राह्मी लिपि हाे । ब्राह्मी लिपिबाट विकास भएकाे सिरिजङ्गा लिपि हाे ।

भारतीय उपमहाद्वीपमा प्रयाेग हुने सबै लिपिहरू (सिरिजङ्गा लिपिलगायत) ब्रह्मी लिपिबाटै विकास गरिएकाे लिपि हुन् । देवनागरी लिपि पनि यिनै ब्राह्मी लिपिबाट विकास भएकाे लिपि हाे ।

स्मरण हाेस्, ब्रह्मी लिपि हिन्दू आर्यकाे लिपि हाेइन । याे लिपि त हिन्दू आर्य भारतीय उपमहाद्वीपमा आउनु भन्दा पनि अगाडि नै प्रयाेगमा थियाे । याे लिपिलाई अशाेकले आफ्नाे शिला स्तम्भमा प्रयाेग गरेका थिए ।

याे लिपिलाई धेरै समयसम्म अध्ययन गर्न सकिएकाे थिएन । मुगल सम्राट अकबरले विभिन्न विद्वान झिकाएर पढ्न लगाउँदा पनि सम्भव भएन । पछि याे लिपिलाई भारतमा अंग्रेजकाे पालामा “जेम्स प्रिन्सेप (सन् १७९९-१८४० )” भन्ने पुरातत्वविद विद्वानले पढ्न सफल भयाे र याे महाद्वीपकाे इतिहासकाे ढाेका खाेल्याे ।

कुनै पनि लिपि निश्चित व्यक्तिले निश्चित समयमा सिर्जना गर्ने कुरा हाेइन । यसकाे विकासक्रमले लामाे समय पार गर्नुपर्छ ।

याे लिपि पढ्न सकिएपछि बाहुनहरूले यस लिपिकाे नाम ब्राह्मी लिपि राखे । यदि याे लिपि हिन्दू आर्यकाे हुन्थ्याे भने बाहुनहरूले किन पढ्न सकेनन् ? लिपि पढ्ने परम्परा किन टुट्याे ?

हिन्दु आर्यहरू भारतीय उपमहाद्वीपमा आएपछि पनि हजाराैं वर्षसम्म लेख्न जानेका थिएनन् भन्ने विद्वानहरूले भनिरहेका छन् । त्यही भएर उनीहरूकाे वेद तथा धर्म शास्त्रलाई श्रुति (सुन्दै आएकाे) र स्मृति (सम्झदै आएकाे) भनिन्छ । धेरै पछि मात्र वेदलाई लिपिबद्ध गरिएकाे हाे ।

ब्राह्मी लिपि र देवनागरी लिपिमा “ङ” र “ञ” अक्षर छन् । जुन भाषाकाे लिपि हुन्छ त्याे लिपिकाे अक्षरबाट सम्बन्धित भाषाकाे शब्द बन्नुपर्छ । संस्कृत भाषा हिन्दू आर्यकाे भाषा हाे । तर संस्कृत भाषामा “ङ” र “ञ” अक्षरबाट सुरु भएकाे कुनै पनि शब्द छैन । संस्कृतकाे डिक्सनरीमा पनि ङ र ञ अक्षरबाट सुरु हुने शब्द छैन । यसबाट प्रष्ट हुन्छ कि देवनागरी तथा ब्राह्मी लिपि हिन्दू आर्यकाे हुँदै हाेइन । लिपिकाे नाम मात्र ब्रह्मी लिपि राखिएकाे हाे ।

याे लिपि हिन्दू आर्य आउनुभन्दा अगाडि नै किरात सभ्यतामा विकास भएकाे लिपि हाे । किरात भाषामा ङ र ञ अक्षरबाट सुरु भएकाे शब्दहरू छन् । जस्तै: ङाेसी, ङाेपा, ङासा, ञाभु ईत्यादि ।

सिरिजङ्गा लिपि पनि यही ब्राह्मी लिपि (कथित नाम)बाट नै विकास भएकाे लिपि हाे । कुनै पनि लिपि निश्चित व्यक्तिले निश्चित समयमा सिर्जना गर्ने कुरा हाेइन । यसकाे विकासक्रमले लामाे समय पार गर्नुपर्छ ।

ब्राह्मी लिपि र देवनागरी लिपि हिन्दू आर्यकाे हुन्थ्याे भने त्याे लिपिमा किन ङ अक्षर छ ?

अतः याे सिरिजङ्गा लिपिमा ङ र अ अक्षर छ । यसबाट शब्दहरू बन्छ । याे किरात सभ्यताकै उपज हाे । याे हामी सबैकाे साझा निधि हाे ।

राज्यले अरू भाषा र लिपिलाई नष्ट गर्ने नीति ल्याएकाे बेला याे लिपिलाई सिरिजङ्गा भन्ने व्यक्तिले संकलन र बचाएर राखेकाे हुनाले यसकाे नाम सिरिजङ्गा लिपि हुन गएकाे मात्र हाे ।

(याे सामग्री बलदीप प्रभाश्वर चाम्लिङकाे फेसबुकबाट लिइएकाे हाे । उनी राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष हुन्) 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्