जनता समाजवादी पार्टी नेपालको खोटाङस्थित केपिलासगढी गाउँपालिका–१ फेदी सुम्देमा टोल समिति गठन गरिएको छ ।

जसपा केपिलासगढी गाउँ समितिका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख विशाल दुमी राईले सुम्देमा राजिव राईको नेतृत्वमा टोल समिति गठन गरिएको जनाए ।

उनले केपिलासगढीमा संगठन विस्तार अभियान जारी रहने समेत बताए ।

जसपाले हाल देशभर संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) सञ्चालन गरिरहेको छ ।